वेवारिसे अवस्थाको मोटरसाइकल फेला पर्याे

2021-06-08 मा प्रकाशित

मेचीनगर, २५ जेठ÷ सशस्त्र प्रहरी बल नेपाल वोडर आउटपोस्ट मेचीनगर —७ सतिघट्टाले नेपाल नम्बरको मोटरसाइकल नेपाल—भारत दशगजा नजीकैबाट मंगलबार विहान फेला पारेको छ । विओपी पति सशस्त्र प्रहरी नायव निरीक्षक किरण केसीका अनुसार हेण्डल लक गरेर नेपाल —भारतको दशगजा सीमाक्षेत्र नजीकै कासघाँरीमा लुकाइछिपाई राखेको अवस्थामा मे ५ प ५१५६ नम्बरको कालो रंगको सुपर स्प्लेण्डर मोटरसाईकल फेला परेको छ ।

सशस्त्र प्रहरीले विहान गस्ती गर्ने क्रममा वेवारिसे अवस्थामा लुकाइछिपाइको राखेको अवस्थामा मोटरसाइकल फेला पारेपछि नियन्त्रणमा लिइएको थियो । मोटरसाइकलका बारेमा थप अनुसन्धान भइरहेको र हाल उक्त मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल वोडर आउटपोस्ट मेचीनगर —७ सतिघट्टामा राखिएको छ । कसैले चोरी गदैं लगेको र प्रहरीलाई देखेपछि त्यही लुकाएर छाडीहिडेको आशंका प्रहरीले गरेको छ ।

घटनाका बारेमा आफ्नो मातहतमा सशस्त्र प्रहरीले जानकारी गराईसकेको छ । प्रहरीले कसैको मोटरसाइकल भए आवश्यक प्रमाणसहित सम्पर्क गर्न भनेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु