मेचीनगरका ५० सहित झापामा आज २७६ जनामा कोरोना संक्रमण

2021-06-08 मा प्रकाशित

मेचीनगर, २५ जेठ । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २७६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज ९७ महिलासहित २७६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज मृत्यु हुनेमा ६ जना छन् । जसमा दमक–४ की ५८ वर्षीया महिला, बुद्वशान्तिका ५२ वर्षीय मलिा, शिवसताक्षी–४ का ६८ वर्षीय पुरुष, भद्रपुर–१ कमेचीनगर–२ का ४३ वर्षीय पुरुष र दमक–२ काी ५७ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

दमकमा १४ महिलासहित २७ जना, बिर्तामोडमा १० महिलासहित ३५ जना, गौरादहमा १ जना पुरुष, मेचीनगरमा २६ महिलासहित ५० जना, भद्रपुरमा २३ महिलासहित ५४ जना, कनकाईमा ४ महिलासहित ९ जना, हल्दिबारीमा १ महिलासहित ६ जना, अर्जुनधारामा ६ महिलासहित १७ जना, बुद्वशान्तिमा २ महिलासहित ५ जना, गौरीगञ्जमा १ जना पुरुष, कचनकवलमा १ महिलासहित ५ जना, कमलमा ३ महिलासहित ५ जना, शिवसताक्षीमा ७ महिलासहित १० जना, झापामा १ जना पुरुष र ठेगाना नखुलेको २ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ११७८३, डिस्चार्ज ७२४९, आइसोलेसनमा ४२२६ जना, कुल संक्रमित एन्टिजेन १३०२ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २७८ जना र आज निको भएर घर फर्किएका १५६ जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु