झापामा २७ जना कोरोना संक्रमित थपिए संक्रमितको संख्या १०७ पुग्यो

2020-05-29 मा प्रकाशित

झापा,१६जेठ ।पछिल्लो समय झापा जिल्लामा तीव्र रुपमा कोरोना संक्रमित थपिदै गएका छन्। शुक्रबार झापाको कचनकवलका थप २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यो सँगै झापामा संक्रमितको संख्या १०७ पुगेको छ । कचनकवलमा मात्रै संक्रमितको संख्या १ सय पुगेको छ ।
कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप २७ जनामा कोरोना संक्रमित पुष्टि भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । कचनकवलमा हिजो दिउँसो मात्रै २५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।
कचनकवलका छवटा क्वारेन्टिनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका हुन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सयभन्दा बढी नेपाली आइसकेका छन् । कचनकवलमा बुधबार मात्रै जानकी आमावि क्वारेन्टिनका १५ जना थपिएका थिए ।
झापामा यसअघि बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुईदुईजना र झापा गाउँपालिका, दमक र भद्रपुर नगरपालिकामा एकएकजना संक्रमित भेटिएका थिए । बाह्रदशी र दमकका संक्रमित निका भएर घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु