झापामा बुधवार १७९ जनामा संक्रमण पुष्टि

2021-06-09 मा प्रकाशित

मेचीनगर, २६ जेठ । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १७९ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५६ महिलासहित १७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा भद्रपुर–९ का ९७ वर्षीय पुरुष, हल्दिबारी–४ का ६४ वर्षीय पुरुष, धरा–११ का ७३ वर्षीय पुरुष, बिर्तामोड–५ का ६० वर्षीय पुरुष र बुद्वशान्ति–३ का ३७ वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।

दमकमा २३ महिलासहित ३८ जना, बिर्तामोडमा १० महिलासहित १८ जना, मेचीनगरमा २ जना पुरुष, भद्रपुरमा ५ महिलासहित १४ जना, कनकाईमा ४ महिलासहित ८ जना, अर्जुनधारामा ३ महिलासहित ८ जना, बुद्वशान्तिमा २ महिलासहित ३ जना, गौरीगञ्जमा १ महिलासहित ५ जना, कचनकवलमा २ जना पुरुष, कमलमा ३ जना पुरुष, शिवसताक्षीमा ३ महिलासहित ९ जना, बाह्रदशीमा ४ महिलासहित ६ जना र ठेगाना नखुलेको १ महिलासहित ७ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ११९०३, डिस्चार्ज ७४५३, आइसोलेसनमा ४१३९ जना, कुल संक्रमित एन्टिजेन १३५८ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २८३ जना र आज निको भएर घर फर्किएका २०४ जना रहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु