डिभिजन बनले दियो राईको परिवारलाई ५० हजार किरिया खर्च

2021-06-10 मा प्रकाशित

मेचीनगर, २७ जेठ । मेचीनगर–९ मा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका ६५ वर्षीय श्याम राईको परिवारलाई डिभिजन बन कार्यालय झापाले काजकिरिया खर्च वापत पचास हजार दिएको छ ।

गत जेठ ४ गते आफ्नै घर छेउको बाटोमा हात्तीले आक्रमण गर्दा राईको घटनास्थलमै मृत्यु भएको थियो ।

मेचीनगर नगरपालिकाले काजकिरिया खर्च उपलब्ध नगराएको पीडित परिवारले गुनासो गरिरहेका बेला डिभिजन बन कर्यालयले आफ्ना तर्फबाट रकम उपलब्ध गराइसकेको जानकारी दिएको छ ।

डिभिजन बन कार्यालय झापाका प्रमुख ९डीएफओ० युवराज मास्केले मृतककी पत्नी जुनबीरा राईको बैंक खातामा यही सोमवार काजकिरिया खर्च वापत पचास हजार रुपैयाँ जम्मा गरिदिएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फ र कोशी टप्पु आरक्षणबाट क्षतिपूर्ति वापत दिइने १० लाख ५० हजार रुपैयाँ दिलाउनका लागि प्रक्रिया अघि बढाइएको मास्केले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु