झापामा आज १०५ संक्रमित , ५ को मृत्यु

2021-06-10 मा प्रकाशित

मेचीनगर, २७ जेठ । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १०५ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज ३८ महिलासहित १०५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा हल्दिबारी–५ की ७१ वर्षीया महिला, भद्रपुर–४ का ६२ वर्षीय पुरुष, अर्जुनधारा–७ की ३७ वर्षीया महिला, भद्रपुर–३ का ८४ वर्षीय पुरुष र उर्लाबारी–४ की ५१ वर्षीया महिला रहेको कार्यालयले जनाएको छ ।

बिर्तामोडमा ९ महिलासहित १८ जना, गौरादहमा १ जना महिला, मेचीनगरमा ६ महिलासििहत १० जना, भद्रपुरमा ११ महिलासहित २५ जना, कनकाईमा ३ महिलासहित ८ जना, हल्दिबारीमा १ जना पुरुष, अर्जुनधारामा ५ जना पुरुष, बुद्वशान्तिमा १ महिलासहित २ जना, गौरीगञ्जमा १ महिलासहित २ जना, कचनकवलमा १ महिलासहित २ जना, शिवसताक्षीमा ३ महिलासहित ४ जना, बाह्रदशीमा १ जना पुरुष र ठेगाना नखुलेको २ महिलासहित ५ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ११९८०, डिस्चार्ज ७६६४, आइसोलेसनमा ४००० जना, कुल संक्रमित एन्टिजेन १३७९ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २८८ जना र आज निको भएर घर फर्किएका २११ जना रहेको उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु