नेपालमा कोरोना भाईरसकाकारण मृत्यु हुनेको संख्या ६ पुग्यो

2020-05-29 मा प्रकाशित

काठमाडौं,१६ जेठ । नेपालमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ का एक युवकको बाटोमै मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । त्यसै गरी कोरोना संक्रमणलाई पराजित गर्दै निको भएर २०६ जना घर गईसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु