गुराँस लाईफ इन्स्योरेन्सको १२ औ बार्षिक उत्सव सम्पन्न

2020-05-30 मा प्रकाशित

झापा,१७जेठ÷गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि ले शनिबार आज स्थापनाको १२औ बार्षिक उत्सव मनाएको छ ।
कम्पनीले केन्द्र तथा क्षेत्रीय कार्यालयहरुमा सामाजिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरेको हो ।
झापाको बिर्तामोड स्थित क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका कर्मचारी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । सो आवसरमा कम्पनीका क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण अर्थतन्त्र कमजोर हुदाँ बीमा क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको बताए ।

क्षेत्रीय प्रमुख क्षेष्ठले कोरोना नियन्त्रणमा लामो समय लाग्ने भन्दै आफ्ना अभिकर्ताहरुलाई स्वास्थ्य प्रति स्वयम सचेत रहदै जीबन बीमाकोअभियानलाई निरन्तरता दिन अनुरोध गरे । उनले भने यो महामारी तत्काल नियन्त्रणमा आउने अवस्था छैन् त्यसैले सामाजिक दूरी लाई कायम राख्दै स्वस्थ्य प्रति सजग रहेर व्यापार सुरु गर्नु होस ।

कोरोनासँग भयभित नहुन र आँट र हिम्मत बढाउन सुझाव समेत दिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय कार्यालयका कर्मचारी अखिलेश्वर बोहोराले गरेका थिए । कम्पनीले आजै बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्र बृद्धाआश्रम केन्द्रमा रहेका ४० जना बृद्ध–बृद्धाहरुलाई भोजन समेत खुवाएको कार्यालयका प्रबन्धक राजकुमार सिजापतीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु