तिब्बतले दियो सात करोड ७४ लाखको स्वास्थ्य सामग्री

2020-06-01 मा प्रकाशित

झापा,१९ जेठ । कोरोना महामारीसँग जुध्न तिब्बतले १ नम्बर प्रदेश सरकारलाई सोमबार सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
उक्त स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका थिए । तिब्बतले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स(रे पोर्टेबल मेसिन १ थान रहेका छन्।

यसैगरी आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार, पीपीई पाँच हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आईआर थर्मोमिटर दुई सय थान, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन १ थान, ह्यान्ड सेनिटाइजर पाँच सय मिलिलिटर छन् ।

उक्त स्वास्थ्य सामग्रीहरूले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए । ‘हामी प्रदेशका धेरैभन्दा धेरै नागरिकहरूको कोरोना परीक्षणमा छौं,’ राईले भने, ‘तिब्बतबाट प्राप्त सामग्रीले परीक्षणमा थप सहयोग पुग्नेछ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु