जागृत बाल उद्धार केन्द्रलाई दीगो रुपमा सञ्चालर्न गर्नुपर्नेमा वक्ताहरुको जोड

2021-06-29 मा प्रकाशित

मेचीनगर,१५ असार । मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

मंगलबार संस्थाको कार्यालय मा स्थानीय सरकार तथा सामाजिक संघ संस्थाका अगुवाहरुसँग गरिएको छलफलका क्रममा सहभागीहरुले जोड दिएका हुन् ।

संस्थाका अध्यक्ष बीना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जागृत बाल उद्धार केन्द्र सञ्चालन गर्न दिगो आयस्रोत नभएकाले आश्रित बालबालिकाको भविष्य अन्धरकार हुनसक्ने भन्दैं सहभागी सवैले चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेतीले निःस्वार्थ सेवा भावले सञ्चालित यस खाले संस्थाको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताइन् । उनले जागृत बाल उद्धार केन्द्रलाई सहयोग गर्न नगरपालिका तयार रहेको स्पष्ट पादैं बताइन् ।

एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले नसक्नेलाई सक्नेले सहयोग गरेर समुन्नत समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मेचीनगर वडा नं। ६ का वडाध्यक्ष ललित तामाङ, त्रिवेणी टोलका कुमार गुरुङ, सुनगाभा टोलकी भावना ढुंगेल लगायतले बोलेका थिए ।

विकास देवकोटाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष बालकृष्ण थापाले सबैको सहयोग र सद्भावबाट मात्रै संस्था सञ्चालन सम्भव हुने बताए ।

सोही अवसरमा काँकरभिट्टाका स्थानीय युवा विकास घिमिरेले संस्थालाई ५ हजार रुपैयाँ सहयोगको घोषणा गरे । सहयोगको भरमा चल्दै आएको जागृत बाल उद्धार केन्द्रमा हाल १७ जना बालबालिका आश्रित छन् । उनीहरुलाई खानबस्नसहित शिक्षाको प्रबन्ध मिलाइएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु