सबैखाले ब्यवसाय खुलाउन ब्यवसायीबीच छलफल,सरकारलाई ३दिेने अल्टीमेटम दिने निर्णय

2020-06-02 मा प्रकाशित

डम्बर बराल
मेचीनगर, २० जेठ । कोरोना भाइरको संक्रमण र लक डाउनको समय लम्बिदै जाँदा यतिखेर उद्योग तथा व्यापार व्यावसाय धरासायी बन्दैगएको भन्दै झापा जिल्लाको ब्यवसायीहरु आवश्य सुरक्षा अपनाएर सबैप्रकारका ब्यवसाय खोल्न सहमत भएका छन् ।

मंगलबार मेचीनगर स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित एक अन्र्तक्रियामा सहभागि ब्यवसायीहरुले सरकारलाई सबै खाले ब्यवसाय खुलाउन ३दिने अल्टीमेटम दिने निर्णय समेत गरेको छ ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्व तथा केन्द्रिय सदस्य केशवराज पाण्डे र उमेश डालमियाँको बिषेश आतिथ्यमा आयोजित छलफलकार्यक्रममा झापा जिल्लाका बिभिन्न उद्योग बाणिज्य संघका अध्यक्षहरुले सहभगिता जानाएका थिए । सहभागिहरुले सरकारले ब्यवसायीहरुको हितमा बजेटमा कुनै समस्या सम्वोधन नगरेको भन्दै सरकार प्रति आक्रोश ब्यक्त गरे । लक डाउनकाकारण लामो समय देखि ब्यापार व्यवसाय बन्द गर्नु पर्दा ब्यवसायीहरु सडकमा आउने अवस्था सिर्जना भएको उनिहरुको भनाई थियो ।

कार्यक्रममा बिशेष अतिथि केशवराज पाण्डे , उमेश डालमियाँ , बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भटराई , बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र चाँपागाई , उद्योग बाणिज्य संघ तोपगाछिका अध्यक्ष उमानाथ भण्डारी , दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ , गौरादह अध्यक्ष जितबहादुर कार्की , मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतले तत्काल ब्यवसाय संञ्चालनको व्यवस्था मिलाउनु पर्नै धारणा राखेका थिए ।

ब्यवसायीहरुले कुनै व्यवसाय नियमित सञ्चालन हुनै तर कसैलाई भने सञ्चालन गर्न नदिनु कुन न्याय संगत हुराहो भन्दै आक्रोश पोखेका थिए । उनिहले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर ब्यवसाय सञ्चालन गर्नूको बिकल्प नरहेको बताएका थिए । कार्यक्रमको सञ्चालन महासचिव धृव कनालले गरेका थिए । बुधबार ब्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय , उद्योग बाणिज्य महासंघ र स्थिानिय सरकार समक्ष ज्ञापन पत्र बुझाउने जनाएकोछ

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु