झापामा थप पाँचजनामा कोरोना पुष्टि

Coronavirus. COVID-19. 3D Render
2020-06-02 मा प्रकाशित

झापा, २० जेठ। मंगलबार झापामा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले जानकारी दिए । संक्रमित मध्ये बुद्धशान्ति ४ का ३० बर्षिय पुरुष हुन् ।
जेठ १३ गते गाउँपालिकाको होल्डिङ एरियामा आएकाहरुको १४ गते नमुना संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर नमुना पठाएको ६ दिनपछि आज मात्रै कोरोना परीक्षणको नतिजा आएको हो ।
रिपोर्ट पोजेटिभ आएपछि पाँचजनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अधिकारीले जानकारी दिए।
झापामा पाँच जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७२ पुगेको प्रदेश सरकारले जनाएको छ । संक्रमितमध्ये ४८ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु