रुकुम घटनाका दोषीलाई कारवाही गर्न माग गर्दै दलहरु आन्दोलित

2020-06-03 मा प्रकाशित

झापा २१ जेठ । केहिदिन अघि रुकुममा भएको हत्याको घटना छानविन गरी कारवाही गर्न माग गर्दै झापाका राजनीतिक दलहरु आन्दोलित भएका छन् ।

आज विर्तामोडमा आयोजना गरिएको श्रद्धाञ्जलि एवम् खवरदारी सभामा झापाका प्रमुख राजनीतिक दलले आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

सो अवसरमा नेपाली कांग्रेस,सत्तारुढ नेकपा र राप्रपाका नेताहरुले रुकुमा हत्या गरिएका नवराज विक सहित ६ जनाले न्याय नपाएसम्म आन्दोलन रोक्न नहुने भन्दै दोषिलाई कडा कारवाही हुनुपर्ने बताए

संयुक्त दलित राजनीतिक संघर्ष समितिले ‘जातीय विभेद तथा छुवाछूत विरुद्धको राष्ट्रिय दिवस’ को अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि एवम् खवरदारी सभामा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जातीय विभेद्को असर सबै जातिलाई पर्ने बताएका छन् ।उनले तत्काल दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह समेत गरेका छन् ।

नेकपा झापाका सचिव विजय साम्पाङले सामाजिक रुपमा रहेको जातीय विभेद् नेपाली समाजकै ठुलो समस्या रहेको बताए । उनले दलित जातिमाथि भइरहेको विभेद विरुद्ध नेकपा सधैं खवरदारी गर्दै आएको जानकारी दिए ।

यस्तै नेपाली कांग्रेस झापामा जिल्ला सदस्य जलकुमार गुरुङले रुकुम घटनाले जातीय विभेद् हाम्रो समाजको सबैभन्दा ठुलो अपराध रहेको उजागरगरेको बताउँदै त्यसका विरुद्ध सबै प्रकारका आन्दोलनमा आफुहरुको ऐक्यवद्धता रहने बताए ।

राप्रपाका झापा सचिव केशव ओझाले विभेद् विरुद्धको आन्दोलन निरन्तर चलिरहनु पर्ने बताएका छन् । उनले यस प्रकारका संघर्षका कार्यक्रम एक दिन मात्र गरेर माग पुरा नहुने धारणा व्यक्त गरे ।

सो अवसरमा उत्पीडित विद्यर्थी संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिए ।
संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक हुकुम नेपालीले जेठ २१ छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिनमा दलित समुदायले खुशीयाली मनाउन नपाएको बताए ।
कार्यक्रममा दलित नेता हस्त परियार, मानवअधिकारकर्मी डा।रुपक खनाल लगायतले बोलेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु