झापामा मास्कको कालोबजारी गर्ने दुई पक्राउ

2020-04-18 मा प्रकाशित

बिर्तामोड / कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको समयमा मास्कको कालोबजारी गर्ने झापामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाँउपालिका–४ का श्रवण माझी र अजिम अन्सारी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

बजारमा ५ रुपैयाँसम्ममा पाइने सर्जिकल मास्कलाई १७ रुपैयाँमा बिक्री गर्ने क्रममा उनीहरु समातिएका हुन् । पक्राउ परेका उनीहरुले मास्क राखिएको गोदाम र ठाँउ भने बताउन मानेनन् । तर, उनीहरु मास्कको १ हजार स्याम्पल लिएर बिर्तामोडमा आएपछि पत्रकारको सहयोगमा नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु