कोरोना भाइरका कारण नेपालमा मृत्यु हुनेको संख्या १० पुग्यो

2020-06-04 मा प्रकाशित

काठमाडौं, २२जेठ। कोरोना भाइरसको कारण नेपालमा हाल सम्म १० जनाको मृत्यु भएको छ । बिहिवार कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भए संगै यो संख्या पुगेको हो ।

मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुष रहेको खुलेको छ । उनी ५ दिन अघि मात्र भारतबाट नेपाल आएका थिए । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिन अघि मृत्यु भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई तानसेनस्थित अस्पतालमा भर्ना गरिएको थियो । मृत्युपछि उनको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु