हलेसीमा थप सेवा विस्तार

2021-08-22 मा प्रकाशित

धुलावारी,६ भदौ । हलेसी मेडिकल हल एण्ड क्लिनिक धुलावारीले आइतवारदेखि डिजिटल एक्सरे मेसिन राखेर सेवा थप विस्तार गरेको छ ।

हातखुट्टा भाँचिएको तथा छातीका बिरामीलाई लक्षित गरेर हलेसीले थप सेवा विस्तार गरेको सञ्चालक सोम ओझाले बताए । उनका अनुसार पहिलो दिन उक्त सेवा लिन आउनेका लागि २० प्रतिशत छुट दिइएको छ ।

दैनिक चौविस घण्टे सेवा सञ्चालन गरिरहेको हलेसीमा काठमाडौँबाट ३–४ जना विशेषज्ञ डाक्टरहरुले नियमति सेवा दिइरहेका छन् । हलेसीमा दैनिक, साप्ताहिक तथा मासिक गरेर १९ जना विशेषज्ञ डाक्टर आएर सेवा दिने गरेका छन् ।

धुलावारीको उत्तरी क्षेत्रका बिरामीले उक्त क्लिनिकबाट सेवा लिँदै आएका छन् । विशेषज्ञ डाक्टरसहित ल्याव, इसिजी तथा फिजियोथेरापी सेवा नियमित सञ्चालन भइरहेको छ ।

छिटो र सुलभ तरिकाले बिरामीलाई सेवा दिँदै आएको उक्त क्लिनिकमा हाल दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् । उक्त क्लिनिक धुलावारी बजार सिरानमा २०७५ सालदेखि सञ्चालनमा आएको हो । सञ्चालनको छोटो समयमा क्लिनिकले उपचार सेवा भरपर्दो बनाउँदै लगेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु