नेपाली क्रिकेट टोली ओमान प्रस्थान

2021-08-24 मा प्रकाशित

काठमाडौं,८ भदौ । आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी ९पीएनजी० सँग एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् । अहिले कोभिडले गर्दा टोलीमा केही खेलाडी बढाएर लगिएको छ ।

नेपाल, ओमान र अमेरिका सम्मिलित लिग(२ सिरिज सेप्टेम्बर १३ देखि २० ९भदौ २८ देखि असोज ४ गते० सम्म ओमानको मस्कटमा सञ्चालन हुनेछ । आइसीसीले खेल तालिका भने सार्वजनिक गरिसकेको छैन । तर हरेक टिमले अर्को टिमसँग दुई(दुई खेल खेल्नेछन् ।

त्यसअघि नेपालले ओमनमै पीएनजीसँग दुई वटा ओडिआई खेल खेल्नेछ । विश्वकप लिग(२ को सिरिजअघि नेपाललाई पीएनजी विरुद्धको खेल प्राक्टिसको रुपमा रहनेछ ।

नेपाल र पीएनजीबीचको खेल सेप्टेम्बर ५ र ८ तारिखमा ९भदौ २० र २३ गते० ओमानमै हुनेछ । पीएनजी भने टी(२० विश्वकपका लागि ओमान जानेछ । जहाँ टी(२० विश्वकपको पहिलो चरणको खेल पनि अक्टोबरमा हुनेछ । पीएनजीसँगको दोस्रो ल डे नाइटमा हुनेछ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु