अध्यक्षमा दिलकुमार

2021-08-24 मा प्रकाशित

काँकरभिट्टा ।काँकरभिट्टा स्थित एकीकृत बौद्ध धर्म संरक्षण समितिको अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् ।

मंगलबार टाँसी छोलिङ गुम्बामा सम्पन्न तेस्रो वार्षिक साधारणसभाबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा निङ्मा छिरिङ शेर्पा चयन भएएकाछन् ।

सदस्यमा किमा शेर्पा, सन्जय तामाङ, आशबहादुर गुरुङ, विमला तामाङ, रोमा थापा मगर छन् । यस्तै, सल्लाहकार समितिमा रामबहादुर तामाङ, सुवास गुरुङ, आङ्छेवाङ शेर्पा, विकास थापा मगर र ओपप्रकाश खापुङ छन् ।

समितिका अध्यक्ष जयप्रसाद तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय समितिका अध्यक्ष ओमप्रकाश खापुङ, नेपाल मगर संघ मेचीनगर अध्यक्ष विकास थापा मगर, नेपाल शेर्पा संघ झापा अध्यक्ष आङ्छेवाङ शेर्पा, नेपाल तामाङ घेदुङ संघ मेचीनगर अध्यक्ष रामबहादुर तामाङ, तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद मेचीनगर पूर्व अध्यक्ष नारायण गुरुङ, वरिष्ठ उपाध्यक्ष प्रकाश गुरुङलगायतले बोलेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु