नेपाल तथा भारतका नागरिकहरुलाई निशुल्क खाना खुवाउदै काँकरभिट्टा सोसाईटी

2020-06-06 मा प्रकाशित

मेचीनगर,२४जेठ । लकडाउनका कारण आफ्नो गन्तब्य पुग्न नपाएका नेपाल तथा भारतका नागरिकहरुलाई काँकरभिट्टा सोसाईटीले निशुल्क खाना खुवाउने क्रमलाई निरन्तरता दिदै आएको छ । सेवानै धर्महो भन्ने उद्यघोषका साथ सोसाईटीले जेठ १६ गते देखि खाना खुवाउँदै आएको सोसाईटीका सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।हाल सम्म ९ हजार मानिसलाई काँकरभिटामा निःशुल्क खाना खुवाएको उनको भनाइछ ।

सोसाईटीले आफ्ना सदस्य तथा सहयोगी दाताहरुबाट खाद्य सामग्री तथा नगद चन्दा उठाएर अलपत्र परेका नागरिकहरुलाई खाना खुवाइएको उनले बताए ।
सोसाईटीका गोपाल तामाङ, राजु कार्की, दिपक पोखरेल, शुशिल आचार्य, सुरेशकुमार श्रेष्ठ, राजकुमार पराजुली, शुभद्रा भट्टराई, नेत्र कार्की लगायतका सदस्यहरु अलपत्रपरेका नागरिकहरुको सेवामा सक्रिय रहदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु