बिर्तासिटीका तीनै जनाको रिपोर्ट नेगेटिभ, गलत हल्लाको पछि नलाग्न अस्पतालको आग्रह

2020-06-06 मा प्रकाशित

बिर्तामोड,२४जेठ । बिर्तामोडमा रहेको पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा गरिएको आरडीटी परीक्षण गर्दा पोजेटिभ आएका तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतका अनुसार ३ जनाको आरडीटी पोजिटीभ देखिएपछि पीसीआर परीक्षणको लागि पठाइएको थियो । तर, तिनै जनको पीसीआर नेगेटिभ आइसकेको छ ।

सरकारले निजी अस्पतालले समेत कोरोना परीक्षण गर्न सक्ने भनेपछि बिर्तासिटीले किट ल्याएर आरडिटी परीक्षण शुरु गरेको थियो । तर केहि ब्यक्तिले गलत हल्ला फैल्यिाएपछि अहिले परीक्षणको काम बन्द गरिएको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिए ।

स्थानीय नागरिकमा फैलिएको डर त्रासका कारण परीक्षण गर्न सकिने अवस्था नरहेको भन्दै कार्यकारी निर्देशक बस्नेतले कोरोनासंग मिल्दो जुल्दो बिरामी आएमा मेची अस्पताल तथा धरान पठाउने जानकारी दिए ।

बिर्तासिटीमा कोरोना पुष्टि भएको बिरामी फेला परेको असत्य सूचना बाहिर व्यापक फैलिएको छ । बस्नेतले गलत सूचनाको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु