सेनाको ‘स्क्रिनिङ क्याम्प पूर्वी नाकामा

2020-06-07 मा प्रकाशित

मेचीनगर,२५जेठ —नेपाली सेनाले पूर्वी नाका काकरभिट्टामा आइतबार ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ । सेनाले भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका साथै सहजीकरणका लागि ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड संकट व्यवस्थापन समिति’को हालै सम्पन्न बैठकले सीमावर्ती पूर्वी नाकामा सेनाको अस्थायी क्याम्प राख्ने निर्णय गरेको थियो ।

यसअघि जिल्लाकै कोरोना ‘हटस्पट’ कचनकवलको क्वारेन्टाइनको व्यवस्थापकीय जिम्मा सेनालाई दिइएको थियो । क्याम्पमा भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गरिने छ । झापाकालाई सम्बन्धित पालिकाहरुमा पठाइने छ । जिल्ला बाहिरकालाई सम्बन्धित जिल्ला पठाइने चारआलीस्थित नयाँ श्रीनाथ गण चारआलीका गणपति कर्नेल अमरजङ थापाले जनाए ।

उनका अनुसार जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित नेपाली सेनाको २५ जनाको टोलीले पहिलो चरणमा काम गर्ने जनाइएको छ । ‘सीमा नाकाबाट आएका नेपालीलाई काँकडभिट्टा माविको मैदानमा बनाइएको स्क्रिनिङ क्याम्प लगिने छ’, मेचीनगरका मेयर विमल आचार्यले भने, ‘उनीहरुको स्वास्थ्य अवस्था बुझेर थप उपचार या घर पठाउने काम हुने छ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु