काँग्रेस मेचीनगर सभापतिमा बराल र पनेरुबीच भिडन्त हुने

2021-09-24 मा प्रकाशित

झापा । नेपाली काँग्रेसको मेचीनगर सभापतिका लागि युवा नेताद्वय नबिन बराल र सुवेशकुमार पनेरु९सुदय० बीच प्रतिस्पर्धा हुने भएको छ । नगर सभापति सर्बसम्मत छनौट गर्ने नेतृत्वको प्रयास सफल हुन नसके पछि बराल र पनेरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुईजना नै मेचीनगर नगरपालिकाका निर्वाचित वडा अध्यक्षहरु हुन् । बराल मेचीनगर ४ र पनेरु मेचीनगर १० का वडा अध्यक्ष हुन् ।

सभापतिका अन्य आँकाक्षीहरु धनकाजी खत्री र योगेन थापालाई उपसभापतिमा बस्न नेतृत्वले आग्रह गरेको बुझिएको छ । त्यस्तै नगरसभापतिकै दाबी गरिरहेका सुरेन्द्र बुढाथोकी र पुष्प कार्कीलाई क्षेत्रीय समिति वा अन्य कुनै तहको पदाधिकारीमा लैजाने सहमति भएको काँग्रेस स्रोतले बताएको छ ।

नगर सभापतिमा चुनाव नै हुने भए पछि नगरका अन्य पदाधिकारीमा समेत चुनाव हुने निश्चित भएको छ । दुई उपसभापतिका लागि ५ जना चुनावी मैदानमा छन भने दुइ सचिवका लागि ४ जना छन् । त्यस्तै दुई सहसचिवका लागि ६ जनाले दाबी गरेका छन् ।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ नगर अधिवेशन असोज ९ गते सम्पन्न हुँदैछ । निर्वाचन समितिले दिएको जानकारी अनुसार असोज ९ गते उम्मेद्वारी दर्ता हुने र चुनाव नै हुने भए १० बिहान ८ बजेदेखि मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु