एनएमसीको २९ औं वार्षिक साधारण सभा सम्पन्न

2021-09-25 मा प्रकाशित

दुवागढी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले एकीकृत साधारण सभा सम्पन्न गरेको छ । संस्थाद्वारा सञ्चालित एकीकृत नमुना कृषि फर्म मेचीनगर १४ दुवागढीमा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले संस्थाको इकाइगत साधारण सभाबाट प्राप्त भएका सुझाव तथा प्रस्तावहरु समेटिएको अन्तिम माइन्यूट प्रमाणितसमेत गरेको छ ।

संस्थाका तीन जिल्ला झापा, मोरङ तथा इलाम अन्तगर्त रहेका ४३ वटा इकाइमा यसअघिनै साधारण सभा सम्पन्न भइ सकेका छन् । एकीकृत सभामा प्रत्येक इकाइबाट ३/ ३ जना प्रतिनिधि छनोट गरी १२९ जनाको प्रतिनिधि मूलक उपस्थिति रहेको थियो ।

सभामा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको समग्र गतिविधि तथा आर्थिक अवस्थाको बारेमा जानकारी गराएका थिए । सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाको हालसम्मको कुल सम्पत्ति ११ अर्ब ८० करोड ५३ लाख ३८ हजार ७ सय ८५ रहेको छ ।

यसवर्ष मात्र संस्थाले कुल २५ करोड ८८ लाख ७८ हजार १ सय ८८ रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाका हाल बैंकिङ, डेरी, कृषि फर्म, सहकारी पसल तथा चिया प्रशोधन उद्योग गरी पाँचवटा व्यवसायहरु सञ्चालित छन् । अध्यक्ष उप्रेतीले हाल ९ वटा सहकारी पसल सञ्चालनमा रहेको र थप तीन वटा पसल गरी १२ वटा एमएमसी कुप सञ्चालनमा ल्याइने बताए ।

१ लाख ८ हजारबढी शेयर सदस्य रहेको संस्थामा विभिन्न व्यवसायमा गरी ८ सय १० कर्मचारी कार्यरत रहेको बताइएको छ । वार्षिक साधारण सभामा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता तथा प्रदेश सहकारी विभाग प्रमुख रजिष्टार बलराम निरौलाको विशेष आतिथ्यता रहेको थियो ।

सो अवसरमा बोेल्दै प्रमुख अतिथि कडेलले सहकारीहरु बीचमा देशमै उत्कृष्टता हासिल गदै गएको एनएमसीको नाम उदाहरणको रुपमा सहकारीका फोरमहरुमा आउने गरेको बताए । उनले सहकारी क्षेत्रले देशको सिंगो अर्थतन्त्रको १७ प्रतिशत हिस्सा ओगटेको बताउँदै अबका दिनमा सहकारी हरेक नागरिकको अभिन्न अंग हुने दाबी गरे । कडेलले केही संस्थाका कारण सहकारी क्षेत्रमा नराकारात्मक असर परेको भन्दै यसलाई निन्यत्रण गर्न नियमक निकायसमक्ष आग्रह गरे ।

अध्यक्ष कडेललले दलीय व्यवस्था भन्दा माथि उठेर काम गने हो भने हाम्रो मुुलुकसमेत दक्षिण कोरिया, ंिसंगापुर जत्तिकै समृद्ध बन्ने विश्वास ब्यक्त गरे । विशेष अतिथि रजिष्टार निरौलाले एनएमसीको प्रगति लोभ लाग्दो रहेको बताउँदै अन्य सहकारीहरुका लागि एनएमसी मार्ग दर्शक बन्न सफल रहेको धारणा राखे ।

आगामी दिनमा सहकारी ऐनमा भएको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै बहुउद्देश्यीय सहकारीले ७० प्रतिशत बहु व्यवसाय तथा ३० प्रतिशत बैंकिंग क्षेत्रमा लगानि तथा गतिविधि सञ्चालन गर्नु पर्ने सुझाव दिए । एनएमसीले सेवा केन्द्र विस्तार गर्ने क्रममा विभागसँग आवश्यक समन्वय नगरेको प्रति भने असन्तुष्टि ब्यक्त गरे ।

सो अवसरमा कार्यक्रमकी विशेष अतिथि नगर उपप्रमुुख मीना उप्रेती, प्रदेश सांसद श्रीप्रसाद मैनाली, वडा नम्बर १४ का अध्यक्ष शंखर पोख्रेलले लगायतले आफ्नो धारणा राख्दै एनएमसीलाई आगामी दिनमा अझ सदस्यमुखी कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे । संस्थाका अध्यक्ष उप्रेतीको सभापतित्वमा सम्पन्न सभामा स्वागत संस्थाकी उपाध्यक्ष भगवती घिमिरे तथा सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु