मेचीनगरमा एक जनामा कोरोना संक्रमण पुष्टि

2020-06-08 मा प्रकाशित

मेचीनगर,२६जेठ । हाल सम्म कोरोना संक्रमण शुन्य रहेको मेचीनगरमा सोमबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएर मेचीनगर वडा नं ४ को पशुपती माविको क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए ।
मेचीनगरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पशुपती माविको क्वारेन्टाइनमा रहेका १३ जनाको गत जेठ २२ गते स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि कोशी प्रादेशीक प्रयोगशाला विराटनगर पठाइएको थियो ।
जस अन्तर्गत १ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाको पीसीआर नतिजा भने नेगेटिभ आएको छ ।
संक्रमित ब्यक्तिलाई कोभिड आइसोलेशन अस्पताल गोठगाउँ मोरङ लगिएको फोकल पर्शन चौलागाईंले बताए।
मेचीनगरमा १ जनामा संक्रमण पुष्टि भएसंगै झापामा कोरोना संक्रमितको संख्या १४८ पुगेकोे छ ।
आजनै झापाको हल्दीबारी गाउँपालिकाका २ जना र गौरीगञ्जका ७ जनामा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये ४१ जना निको भएर घर फर्कीएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु