रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या

2020-06-09 मा प्रकाशित

रुपन्देही,२७ जेठ। लकडाउनको समय थपिदै जाँदा समाजमा अपराधिक क्रियाकलावहरु बढ्न थालेका छन् । गएराति रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या गरिएको छ ।

डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए ।
।बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेको प्रहरीले जनाएको छ । मृतकको विवरण खुलेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान छ । केहिदिन अघि रुकुममा समेत नवराज विक सहित ६ जनाको सामूहिक हत्या गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु