मेचीनगर साकोसले दियो सदस्यहरुलाई ब्याजको रकममा १५ प्रतिशत छुट को सुविधा, असारबाट नयाँ भवनमा सर्ने तयारी

2020-06-09 मा प्रकाशित

डम्बर बराल

धुलाबारी,२७ जेठ । मेचीनगर ९ स्थित मेचीनगर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई ऋण रकमको ब्याजमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

कोरोना भाइरसको त्रास सँगै लकडाउका कारण ब्यापार ब्यवसाय बन्द हुँदा सदस्यहरुलाई आर्थिक भार पर्नै भन्दै सहकारीले आफना सदस्यहरुलाई ब्याजको रकममा १५ प्रतिशत छुट दिने निर्णय गरिएको सहकारी संस्थाका ब्यवस्थापक मानस सिटौलाले जानकारी दिए ।
सहकारीले सदस्यहरुको हितमा समय समयमा बिभिन्न गतिविधि गर्दै आएको र यसपटक भने लकडाउनले सदस्यहरुको आर्थिक अवस्था कमजोर बनेको कारण केहि राहत पुगोस भनेर जेठ २२ गते सञ्चालक समितिको बैठकबाट छुट दिने निर्णय गरिएको उनले बताए ।

२०६४ सालमा स्थापित सहकारी सस्थामा हाल ३६ सय शेयर सदस्थ रहेका छन् भने ३ करोण बढी शेयर रकम पुगेको छ । सहकारीले आफ्ना सदस्यहरुको हितलाई ध्यानमा राख्दै सदस्य कल्याणकारी बचतको कार्यक्रम सञ्चालन गरेको र आफ्ना सदस्यहरुको मृत्यु भएकमा सहकारीले उक्त कोषबाट ४० हजार रमक सदस्यका परिवारलाई उपलब्ध गराउदै आएको ब्यवस्थापक सिटौलाले जानकारी दिए । यो सँगै सहकारीले १० हजार भन्दा माथि सेयर पुर्याउने सदस्यको १ लाखको दुर्घटना बिमा गरिदिएको छ । कुनै सदस्यको दुर्घटनाका कारण मृत्यु भएमा १ लाख र  राहतकोषबाट ४० हजार गरी जम्मा १लाख ४० हजार पाउँने र कालगतिले मृत्यु भएमा ८० हजार पाउने ब्यवस्था गरिएको सहकारीले जनाएको छ ।

समितिले सहकारी संस्थालाई थप मजबुत र ब्यवस्थित बनाउने उद्देश्यले असारको पहिलो साताबाट नयाँ सुविधा सम्पन्न भवनबाट कारोबार सुरु गर्ने तयारी गरेको समितिका अध्यक्ष कमल काफ्लेले जानकारी दिए । सहकारीले २५ लाखको लागतमा सुबिधा सम्पन्न भवन निर्माण गरेको उनको भनाई छ ।उनले भने सदस्य संख्या र कारोवार बढ्दै गएकोले सहकारी सस्थालाई थप व्यवस्थित बनाउन एउटा भवन खरिद गरेर सुबिधा सम्पन्न भवन निमार्णमाजुटेका छौ असारको पहिलो साताबाट सोहि भवनबाट कारोबार सुरु गर्ने तयारीमा छौ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु