आज लकडाउनको मोडालिटीबारे छलफल हुने

2020-06-10 मा प्रकाशित

झापा,२८ जेठ। कोरोना भाइरसको त्रासका कारण देशमा लकडाउन सुरु भएको आज ७८ दिन पुरा भइसकेको छ । लामो समय देखि लकडाउन हँदा उद्योग ब्यवसाय तथा जनजीवन प्रभावित बन्दै गएपछि सरकारले आज दिउँसो २ बजे लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्नै भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको थियो । लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ ९कोरोना भाइरस० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

यसअघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर ९सीसीएमसी० ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । रक्षामन्त्री पोखरेलले भने सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउनु नहुने अडानमा थिए । लकडाउन लम्बिदै जाँदा उद्योगि तथा ब्यवसायीहरुले आँफुहरु ठुलो आर्थिक भारमा परेको भन्दै जस्तो सुकै परिस्थितिको सामना गरेर भएपनि ब्यवसाय सञ्चालन गर्ने अडानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु