काँकरभिट्टामा गुराँसलाइफ इन्स्योरेन्सको अन्तरक्रिया

2020-06-10 मा प्रकाशित

डम्बर बराल

काँकरभिट्टा,२८जेठ÷गुराँसलाइफ इन्स्योरेन्स कम्पनी लि. काँकरभिट्टा शाखाको आयोजनामा बुधबार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा कोरोना भाइरसको त्रास सँगै लामो समय सम्म भएको लकडाउनका कारण जीवन बिमा क्षेत्रमा समेत त्यसको प्रत्यक्ष असर परेको र ब्यापार हुन नसकेको तथा आगामी योजनाका बारेमा समिक्षा गरिएको थियो ।

काँकरभिट्टा शाखा प्रमुख याम बुढाथोकीको सभापतित्व तथा कम्पनीका क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले सहभागि एजेन्सी म्यानेजरहरुलाई कोरोनाको त्रास बोकेर मानसिक रुपमा कमजोर नहुन अनुरोध गरे ।
उनले कोरोनाको त्रासबाट मुक्त भएर आफ्नो स्वास्थ्यलाई ध्यान दिदै बिमा क्षेत्रमा सक्रिय भएर लाग्न सुझाएका थिए ।


क्षेत्रीय प्रमुख श्रेष्ठले भने हामी आर्थिक बर्षको अन्य तिर आईपुगेका छौ ब्यापारको लक्षलाई पुरा गर्नुछ त्यसैले अव आत्मविश्वासका साथ ब्यापारमा जुट्नुहोस । कार्यक्रममा सहभागि एजेन्सीहरुले समेत आँफुहरु कमजोर मानसिकतालाई त्यागेर बिमा क्षेत्रमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु