पूर्वीनाका काँकरभिट्टामा नेपालको नयाँ नक्सा सार्वजनिक

2020-06-11 मा प्रकाशित

लक्ष्मी उप्रेती
काँकरभिट्टा , २९ जेठ। नेपाल सरकारले भरखरै सार्वजनिक गरेको नेपालको नक्शा विहीवार नेपालकोपूर्वी प्रवेशद्वारमा राखिएको छ ।

नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा भएको कार्यक्रममा १ नम्वर प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले १० फुट लम्वाई तथा ५ फुट चौडाईको होडिङ्गबोडमा बनाईएको नयाँ नेपालको नक्शाको विधिवत उद्घाटन गर्नुभएको थियो ।

नयाँ नक्शामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कलापानी,लिपुलेक लिम्पियाधुरासमेत समेटिएको छ ।
नयाँ नक्शा सार्वजिक कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बुढाथोकीले भारतलेमात्र नभई विश्वका कुनै पनि देशले नेपाली भूमि अतिक्रमण गरे आम देशवासीलाई शैय नहुने भन्दै त्यसका विरूद्ध जस्तो सुकै आन्दलोन गर्न तयार हुने चेतावनी दिनुभयो । प्रदेश सभा सदस्य बुडाथोकीले राजनीतिक आस्था र विचारका आधार फरक मत भएपनि राष्ट्रियताका सवालमा सम्पुर्ण देशवासी एक ठाउँमा उभिने बताउनुभयो । देशको सीमा रक्षाका लागि हरेक नेपाली रातदिन सक्रिय रहने भन्दै वर्तमान ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको जग्गा समेत समेटेर नयाँ नेपालको नक्शा सार्वजनिक गरेकोमा सरकारको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, नेकपा झापा जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरे, मेचीनगर अध्यक्ष माधवलाल अर्याल, राष्ट्रिय युवा संघका कुमार आचार्य, युवा नेताहरू विनोद मण्डल, दीपक थापा, अखिलका झापा सहसंयोजक दुर्गा धमलालगायतको कार्यक्रममा उपस्थिति थियो ।
झापा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष शंकर थापालगायत नेकपा, विद्यार्थीलगायत युवा संघका विभिन्न नेतागणको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु