सहकर्मी सन्तोषको स्मृतिमा कर्मचारीले आज कार्यालय विदा गर्ने

2020-06-12 मा प्रकाशित

मेचीनगर,३०जेठ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरले सहकर्मी कर्मचारीको निधनमा आज शोक सभासहित कार्यालय विदा गर्ने निर्णय गरेको छ ।

सहकर्मी कर्मचारीको निधनमा गर्ने भनिएको शोक विदा नगरपालिकाले नदिएपछि मेचीनगरकाको कर्मचारी एशोसिएसनले शोक सभासहित कार्यालय विदा गर्ने निर्णय गरेको हो ।

मेचीनगर–७ को वडा कार्यालयका कर्मचारी स्व।सन्तोष पराजुलीको १०औं पुण्य तिथिका दिन एशोसिएसनले शोक सभासहित कार्यालय विदा गर्ने सूचना जारी गरेको छ । कर्मचारी पराजुलीको यही जेठ २१ गते दिन निधन भएको थियो ।

नगर नेतृत्वबाट शोक विदा स्वीकृत नगरिएपनि जारी पूर्व सूचना अनुरुप कर्मचारीहरुले आज शुक्रबार कार्यालयमा हाजिरी नगरी विदासहित औपचारिक रुपमा शोकसभा गर्ने इकाई समिति अध्यक्ष रविनसन थापा मगरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु