एकका लागि एक अभियानलाई मेचीउद्योग वाणिज्य संघ र भन्सार एजेन्टको सहयोग

2020-06-12 मा प्रकाशित

मेचीनगर ।सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘एकका लागि एक अभियान’ लाई मेचीउद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले पीसीआर ल्याब स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।
बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाले संयुक्त रुपमा ५१ हजार रुपैयाँ सहयोग गरेका हुन
रकम हस्तान्तरणको लागि मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, सचिव रवि नेपाल, कार्यकारी निर्देशक गोपाल बस्नेत तथा मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला कार्यक्रममा सहभागि बनेका थिए उनिहरुले संयुक्त रुपमा अभियानका सह–संयोजक बिनोद बस्नेत, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल र वीरता जेसीजका अध्यक्ष मिजास पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईले एकका लागि एक अभियानमा निजी क्षेत्रको समेत उत्साहजनक सहभागिता बढेको भन्दै खुशी व्यक्त गरे ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष तिम्सिना र भन्सार एजेन्ट संघका अध्यक्ष निरौलाले अभियानमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
अभियानका सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै एकका लागि एक अभियानले विश्वभर रहेका झापालीलाई एक ठाउँमा जोडेको बताए । कार्यक्रमको सञ्चालन अभियानका सदस्य तथा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु