लकडाउनका बीच गुराँसलाइफ इन्स्योरेन्सले दियो, मृत्युदाबी भुक्तानीको रकम

2020-06-12 मा प्रकाशित

नर्वदा निरौला
बिर्तामोड,३०जेठ÷गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनका बीच पनि मृत्यु दावी भुक्तानी बापतको रकम प्रदान गरेको छ ।

एक बर्ष अघि गुराँसलाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बिमा गराउनु भएकी बिर्तामोड ४ निवासी कृष्णमायाँ चम्लागाँई कोईरालाको केहि महिना अघि कालगतिले मृत्यु भएको थियो । कोईरालाको ७ लाखको जीवन बिमा गरिएको थियो । शुक्रबार बिर्तामोड स्थित कम्पनीको क्षेत्रीय कार्यालयमा एक कार्यक्रमका बीच कम्पनीका क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले बिमितको ससुराबुबा राम प्रसाद कोईरालालाई मृत्युदावी भुक्तानी बापतको रु ७ लाख ५० हजार ४सय ७० रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।

चेक हस्तान्तर गर्दै क्षेत्रीय प्रमुख श्रेष्ठले जीवन बिमाको महत्वको बारेमा प्रकास पार्नुभएको थियो । सो अवसरमा स्व. कृष्णमायाँ प्रति श्रदाञ्जली अर्पण गरिएको थियो । चेक प्राप्त गरेपछि रामप्रसादले छोटो समय र अफ्ठेरो परिस्थितिमा समेत कम्पनीले दावीभुत्तानीको रकम दिन सफल भएको भन्दै कम्पनीको प्रशंसा गर्नु भयो उहाँले पछिल्लो समय आँफुलाई जीवन बिमा प्रति बिश्वास बढेको बताउनु भयो ।

स्वा. कृष्णमायाको पति प्रदिप कोईराला हाल बैदेशीक रोजगारीमा रहेका छन् । कार्यक्रमको सञ्चालन कम्पनीका साहयक प्रबन्धक राजकुमार सिजापतीले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु