झापाका १०१ पत्रकारको पूर्वाञ्चल दैनिक द्वारा कोरोना बीमा

2020-06-13 मा प्रकाशित

मेचीनगर । झापाका क्रियाशिल १०१जना पत्रकारहरुको पूर्वाञ्चल दैनिक पत्रिकाले कोरोना उपचार बीमा गरिदिएको छ ।

पेशागत बीमा समाज बिर्तामोड ९आइपीएस० सँगको सहकार्यमा पूर्वाञ्चल दैनिकले पत्रकारहरुको बीमा गरेको हो ।पूर्वाञ्चल दैनिकले आफ्नो रजत वर्षको उपलक्ष्यमा पत्रकारहरुको कोरोना बीमा गरिदिएको पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले जानकारी दिनु भयो ।

आइपीएसका अध्यक्ष सन्तोष उप्रेतीलाई एक कार्यक्रमकावीच पूर्वाञ्चलका प्रधान सम्पादक गिरी र व्यवस्थापक चन्द्रकान्त ढकालले बीमाका लागि १०१ पत्रकारको विवरणसहित रकम प्रदान गर्नु भएको थियो ।

आईपीएसका अध्यक्ष उप्रेतीका अनुसार बीमा एक लाख रुपैयाँको हुनेछ । बीमा गरिएका पत्रकारको कोरोना संक्रमण देखिए एकलाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ । बीमा भएको १४ दिनपछि मात्र दाबी लागू हुने बताइएको छ ।

पूर्वाञ्चलले कोरोना महामारीकावीच सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्लाकापत्रकारहरुको सुरक्षालाई मध्यनजर गरी बीमा गरिएको जनाएको छ ।

आईपीइसले पूर्वाञ्चलसँग यस कार्यमा सहकार्य गरेकोमा अध्यक्ष उप्रेतीसहित सिंगो टिमलाई कार्यकारी व्यवस्थापक होमप्रकाश अधिकारीले धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य रेजीना रोदन, नेपाल पत्रकार महासंघ झापा शाखाका सहसचिव केशव भट्टराई, आइपीएसका अध्यक्ष उप्रेती लगायतले बोल्नु भएको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु रमेश तिवारी, सन्तोष शर्मा, अनिल ढुंगाना, सुरेन्द्र भण्डारी, नरेन्द्र ढकाल, तुलसीप्रसाद निरौला लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु