प्रेस क्लब मेचीनगरको वार्षिक साधारण सभा पुस १७ गते हुने

2021-12-12 मा प्रकाशित

मेचीनगर । मेचीनगरका पत्रकारहरुको छाता संगठन प्रेस क्लब मेचीनगरको सातौं वार्षिक साधारण सभा आगामी पुस १७ गते हुने भएको छ ।
शनिबार सम्पन्न सचिवालयको बैठकले पुस १७ गते शनिबार साधारण सभा गर्ने निर्णय गरेको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए ।बैठकमा क्लबका गतिविधिलाई थप सक्रियताका साथअघि बढाउने निर्णय समेत गरिएको अध्यक्ष उप्रेतीले बताए।

बैठकले साधारण सभालाई व्यवस्थित ढंगमा सम्पन्न गर्ने कार्यमा सहयोग पुर्याउन र विधानले तोकेको मापदण्ड पुरा गरेका सबै सञ्चारकर्मीहरुलाई सदस्यता नवीकरण एवम् नयाँ सदस्यता लिन आह्वान गरिएको क्लबका सचिव जीआर धितालले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु