काँकरभिट्टामा सुविधा सम्पन्न ‘एडेन बुटिक होटल’ सञ्चालन

2022-01-08 मा प्रकाशित

होटल सञ्चालक बन्जाडे ।
मेचीनगर । पछिल्लो समय मेचीनगरमा सुविधा सम्पन्न होटल थपिने क्रम बढेको छ । होटल मेची क्राउन एचएमसी पछि अर्को सुविधा सम्पन्न होटल थपिएको छ ।

पूर्वी नाका काँकरभिट्टामा सुविधा सम्पन्न ‘एडेन बुटिक होटल एन्ड ब्याङ्क्वेट’ होटल थपिएको हो ।

मेचीनगर–६ काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्थाको परिसरमा सो होटल सञ्चालनमा आएको छ । स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक रिती शर्मा बन्जाडेले बताइन् ।

‘यो होटलमा अहिलेसम्म ४ करोड रुपैयाँ लगानी भइसकेको छ, सञ्चालक बन्जाडेले भनिन्–‘अझै निर्माणको काम भइरहेको छ । भारतको सीमा नाका भएकोले स्थानीय क्षेत्रको पहिचान, पर्यटन प्रबर्धनका लागि पनि यहाँ सुविधा सम्पन्न होटल आवश्यक थियो । म आफै पनि स्थानीय भएकोले मेचीनगरलाई चिनाउन पनि होटल सञ्चालनमा ल्याएका छु ।’

उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर निकट भविश्यमा नै अत्याधुनिक प्रकारका १६ वटा कोठाहरु थप्ने तयारी गरिएको छ ।

बाहिर हेर्दा सामान्य देखिने सो होटलको भित्र भने अन्तर्राष्ट्रिय लेवलको सञ्जावट छ । लाइभ म्युजिकमा रमाउँदै होटलमा मज्जा लिन सकिन्छ । विभिन्न परिकारका विदेशी तथा स्वादेशी खाना उपलब्ध छ ।

विभिन्न गोष्ठी, सेमिनार, विवाह लगायतका कार्य गर्न सहज हुने सुविधा सम्पन्न होटल ईटाभट्टाको होटल मेची क्राउनपछिको दोस्रो होटलका रुपमा स्थापित भएको छ ।
सहकारीबाट २० बर्षका लागि जग्गा लिजमा लिएर होटल सञ्चालन गरिएको उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु