कौडा र नगदसहित कनकाईका ७ जुवाडे पक्राउ

2020-06-14 मा प्रकाशित

झापा, ३२ जेठ । कोैडा खेलिरहेको अवस्थामा प्रहरीले शनिबार साँझ ७ जनालाई पक्राउ गरेको छ । कनकाई नगरपालिका वडा नम्बर ३ टुप्पु टोलका चेतनकुमार भट्टराईको घरमा कौडा खेलिरहेकोे अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले कनकाई नगरपालिका वडा नम्बर ३ का ५३ वर्षीय विष्णुप्रसाद उप्रेती, ४५ वर्षीय लीलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकाश चापागाई, वडा नम्बर ४ का ३८ वर्षीय मानवहादुर श्रेष्ठ र सोही वडाका ३५ वर्षीय हरिवहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीले १६ थान कौडा, नगद ७१ हजार दश रुपैयाँ, पाउडर र गलौंचा, बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु