मेचीनगरमा कोरोना संक्रमितको सख्या ३ पुग्यो

2020-06-15 मा प्रकाशित

मेचीनगर,१ असार । मेचीनगरमा सोमबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर ५ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार मेचीनगर वडा नं ५ को बाल कल्याण माविको क्वारेन्टाइनमा रहेका बर्ष २२ का पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित ब्याक्ति जेठ २७ गते भारतबाट आएको र आएकै दिन उनको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएकोक्वारेन्टाइन ब्यवस्थापन समिति मेचीनगर संयोजक नबिन बरालले जानकारी दिनु भयो ।
उनको कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अघि मेचीनगरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।नगरमा तेस्रो ब्याक्तिमा संक्रमण देखिए सँगै झापामा संक्रमितको संख्या १७६ पुगेको छ भने १०९ जना स्वस्थ भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु