पत्रकार पौडेलद्वारा एमाले र प्रेस चौतारी परित्याग गरेको घोषणा

2022-02-01 मा प्रकाशित

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले एमालेको पार्टी सदस्यता र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका छन् ।

झापामा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय पौडेलले मंगलवार एक प्रेस बक्तव्य प्रकाशित गरी आजकै मितिदेखि नेकपा एमाले र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका हुन् ।विगत दुई दशकदेखि नेकपा एमालेको संगठित सदस्य रहँदै विभिन्न जिम्मेवारी सम्हालिरहेका मेचीनगर–६ काँकरभिट्टा निवासी पौडेल २०६४ सालदेखि नेपाल कम्युनिष्ट पार्टी एमालेको संगठित सदस्य भई हालसम्म सक्रिय रहेका थिए ।

नेकपा एमालेले प्रजातान्त्रिक पद्धति एवम् लोकतान्त्रिक विधि र नीतिको पालना नगरेको र व्यक्तिवाद हावी भएका कारण एमाले पार्टीको सदस्य रहिरहन उपयुक्त नदेखिएकाले आजैका मितिबाट नेकपा एमालेको सदस्य एवम् प्रेस चौतारीको केन्द्रीय सदस्य समेत नरहने प्रेस बक्तव्यमा पौडेलले उल्लेख गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु