कोरोना परिक्षण चाडो गर्न ,नेकपा मेचीनगर–४ ले बुझायो ध्यानाकर्षण पत्र

2020-06-15 मा प्रकाशित

मेचीनगर,१ असार ।क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परीक्षण गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मेचीनगर–४ वडा कमिटिले मेचीनगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

मेचीनगर–४ को क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परीक्षण गर्न माग गर्दै वडा कमिटिले सोमबार नगर प्रमुख विमल आचार्यलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा नेकपा मेचीनगर–४ वडा कमिटिका अध्यक्ष मेघराज खड्का र सचिव प्रविण भण्डारीले संयूक्त रुपमा हस्ताक्षर गरेको छन् ।

कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि मेचीनगरले सहज रुपमा यथाशिघ्र कोरोनाको परीक्षण गरी नागरिकलाई कोरोना संक्रमण त्रासबाट मुक्त गर्नु पर्ने भन्दै नेकपा० मेचीनगर–४ वडा कमिटिले ध्यानाकर्षण पत्र बुझाएको नेकपा मेचीनगर–४ का सचिव प्रविण भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु