रोटरीद्वारा नगरपालिकालाई विश्रामालय हस्तान्तरण

2022-02-18 मा प्रकाशित

मेचीनगर, ६ फागुन । रोटरी क्लब अफ काँकरभिट्टाले धाइजनको कोभिड अस्पतालमा निर्माण गरेको विश्रामालय आज एक कार्यक्रमबीच मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

मेचीनगर–११ स्थित स्वास्थ्य चौकीमा निर्माण गरिएको विश्रामालय रोटरी काँकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकी, पूर्व अध्यक्ष राधिका क्षेत्री गुरुङले मेचीनगरकी उपप्रमुख मिना पोखरेल उप्रेतीलाई हस्तान्तरण गरेका हुन् ।

प्रमुख अतिथि उप्रेतीले विश्रामालयको रिविन काटेर विधिवत रुपमा उद्घाटन गरेकी थिइन् । उनले रोटरी क्लबलाई धन्यवाद दिँदै विश्रामालयको संरक्षण गर्ने जिम्मा नगरपालिकाको रहेको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, क्लबका अध्यक्ष बुढाथोकी, पूर्व अध्यक्ष गुरुङ लगायतले बोलेका थिए ।

क्लबले आगामी दिनमा नगरको १५ वटै वडाको स्वास्थ्य चौकीमा विश्रामालय स्थापना गरिने बताएको छ ।

मेचीनगरका विभिन्न स्वास्थ्य चौकीहरुमा विश्रामालय र अन्य विभिन्न कार्यक्रमहरु गरिने क्लबका कार्यक्रम संयोजक दिपेन्द्रराज पाण्डेले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव उदय श्रेष्ठले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु