कोरोनाको संक्रमण फैलिन नदिन आमनागरिक सचेत हुनु पर्नेमा सांसद मैनालीको जोड

2020-06-16 मा प्रकाशित

काँकरभिट्टा, २ असार ÷ १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हाल विश्वमा महामारीका रुपमा फैलिईरहेको नोवल कोरोना भाइरस कोभिड १९को संक्रमण सामुहिक समस्या भएका कारण यसको समाधान समेत सामुहिकरुपमा सवैले गर्नुपर्ने बताउनुभएको छ ।

पालिका स्तरीय समुदाय प्रहरी साझेदारी मेचीनगर पालिका समितिले मंगलबार आयोजना गरेको कोभिड १९ विरुद्घको सचेतना अभियानको उद्घाटन गदैं प्रदेशसभा सदस्य मैनालीले अहिले यसको संक्रमण दिनप्रतिदिन जटिल बन्दैं गएका कारण यसको संक्रमण रोक्न र फैलिन नदिन आम नागरिक सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज नाकासँग सिधा सम्पर्क रहेको नेपाल प्रवेशको पुर्वीद्वार काँकरभिट्टामा शुरुदेखि नै स्थानीय सरकारको उच्च सर्तकताका आम नगरवासीको साथ सहयोग र समन्वयका कारण अन्य पालिकाको तुलनामा अहिलेसम्म मेचीनगरक्षेत्रमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण त्यति भयावह नदेखिएको भन्दैं सवै नगरवासीमा धन्यवाद उहाँ ज्ञापन गर्नुभयो ।
विपद् र महामारीले धनी गरीव जातधर्म नचिन्ने भन्दैं प्रदेश सभा सदस्य मैनालीले अहिले विश्व नोवल कोरोना भाइरस कोभिड १९ को महामारीसँग जुधिरहेको र यस्तो विपद्मा सवैजना उत्तेजित नभई सचेत हुन समेत आम नगरवासीमा आग्रह गर्नुभयो ।

समुदाय प्रहरी साझेदारी मेचीनगरका संयोजक एवम् नगर प्रमुख विमल आचार्यले नेपाल सरकारद्वारा निषेध गरिएका बाहेक सम्पूर्ण उद्योग व्यवसाय विहान ८ देखि साँझ ५ बजेसम्म सञ्चालन गर्न आम उद्योगी व्यवसायीहरुलाई आग्रह गदैं नेपाल सरकारले जारी गरेको मापदण्ड पुरा गर्नपर्नेमा जोड दिनुभयो । उद्योग व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम राख्न, व्यवसायीले अनिवार्य मास्कको प्रयोग गर्न साथै मास्क प्रयोग नगरेका ग्राहकलाई सामान विक्री वितरण नगर्न, व्यवसाय स्थलमा साबुन पानीले हात धुने व्यवस्था गर्न वा स्यानिटाइजरको प्रयोग गर्न, हाट बजार सैलुन पार्लर, पार्टी प्यालेस आदि व्यवसाय सञ्चालन नगर्न तथा साइकल वा मोटर साइकलमा चालक मात्र एकजना सवार गर्न नगरप्रमुख आचार्यले सवैमा आग्रह गर्नुभयो । सरकारले असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाएको भन्दैं उहाँले यसलाई पूर्णरुपमा कार्यान्वयनमा लाग्न समेत आग्रह गर्नुभयो ।

१ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकीसहितको उपस्थितीमा भएको कार्यक्रममा नगरका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिसहितको उपसमिति निर्माण गरिएको छ । उपसमितिले नगरका विभिन्न ठाउँमा हातधुँने व्यवस्था तथा सरकारले लकडाउनका बखत तोकेको मापदण्ड पुरा भए नभएको अनुगमन गर्ने छ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, नगरका राजनीतिक दलका प्रमुख प्रतिनिधि, स्काउट, नेपाल रेडक्रसलगायत विभिन्न सघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक रोन्द्र पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक देउकुमार लिम्बु गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु