रोटरी क्लव अफ सुरुङ्गाको हाजिरी जवाफ प्रतियोगिता

2022-02-26 मा प्रकाशित

कनकाई, १४ फागुन ÷ रोटरी क्लव अफ सुरुङ्गाले आफ्नो वार्षिक क्यालेण्डर अनुसार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

कनकाई नगरस्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता कनकाई माविको सभा हलमा सम्पन्न भएको हो । कनकाई नगर क्षेत्रका सामुदायिक र निजी गरी ११ वटा विद्यालयका विद्यार्थीहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक क्लवका उपाध्यक्ष डिल्लीराम मैनालीले जानकारी दिएका छन् ।

प्रतियोगितामा कनकाई मावि प्रथम, विद्योदय अंग्रेजी मावि द्वितीय र श्री हरिकुल नमुना माविले तृतीय स्थान प्राप्त गर्न सफल भएको बताइएको छ । प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यालयहरुलाई क्रमशः रु.१० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार साथै प्रमाण पत्र प्रदान गरिएको संयोजक मैनालीले बताए । प्रथम पुरस्कारको राशि सुरुङ्गास्थित टिभिएस सुजुकी ट्रेडर्स मार्फत संचालक विपिन मैनालीले सौजन्य गरेका थिए । त्यस्तै दोस्रो र तेस्रो पुरस्कारको राशि दक्षिणा ज्वेलर्सका तर्फबाट संचालक चन्द्र प्रसाई साथै न्यु शिवसंकर ज्वेलर्सका तर्फबाट संचालक टिकाराम बरालले संयुक्त रुपमा दुवै पुरस्कार सौजन्य गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले यस अघि पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास, वातावरणका क्षेत्रमा समेत उल्लेखनीय गतिविधि संचालन गर्दै आएको क्लवका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले बताए । क्लवले आफ्नो वार्षिक कार्यक्रमअनुसार केही दिनभित्रै कोटीहवन धार्मिक क्षेत्रको सरसफाई गर्ने विषयमा समेत निर्णय गरिसकेको पुर्व अध्यक्ष पोखरेल बताउँछन् । ।

रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठको सभापतित्व एवम् कनकाई माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको प्रमुख आतिथ्य रहेको प्रतियोगिताको क्लवका प्रेसिडेन्ट इलेक्ट खेम प्रसाईँले सहजीकरण गरेका थिए । कार्यक्रम संयोजक मैनालीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको औपचारिक कार्यक्रमको संचालन मेनुका उप्रेतीले गरेकी थिइन् । विद्यालयका प्रधानाध्यापक कर्णवहादुर डाँगीसहित अन्य शिक्षकहरु, क्लवका पदाधिकारी लगायतको आतिथ्य रहेको कार्यक्रम रोटरी क्लवको भातृसंगठन रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको सहकार्यमा सम्पन्न भएको हो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु