उम्मेदवारको टिकट प्राप्त गर्न पार्टी र जनताप्रति उत्तरदायी बन्नुपर्छ : कोइराला

2022-02-27 मा प्रकाशित

गगन ढकाल

मेचीनगर । अब आउदो चुनावमा एमाले पार्टीबाट उम्मेदवारीको टिकट प्राप्त गर्न पार्टी  र जनताप्रति उत्तरदायी हुनपर्नो कुरा एमालेका केन्द्रीय कमिटी सदस्य नेता रबीन कोइरालाले बताएका छन् ।

शनिबार काँकरभिट्टा स्थित एमालेको नगर पार्टी कार्यालयमा सम्पन्न मेचीनगर ६ को टोल कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा पार्टी कार्यकर्तालाई पार्टीको नीति तथा कार्य योजनाको बारेमा नेता रबीन कोइरालाले स्पष्ट पारेका छन् ।

कार्यक्रममा कोइरालाले अघिल्लो चुनावमा पार्टीले नगर प्रमुख हारेको कारण नगरलाई ठूलो क्षती भएको बताउदै आउदो चुनावमा नगरका प्रमुख, उपप्रमुख र पन्ध्रै वटा वडामा पार्टीले जित हासिल गर्ने जिकिर गरेका छन् । उनले सम्पूर्ण कार्यकर्तालाई आउदो चुनावमा नगरलाई एमालेमय बनाउन आजैदेखि काममा लाग्न निर्देशन पनि दिए ।

अब नगरमा एमालेको तर्फबाट जनप्रतिनिधीको उम्मेदवारी छनोट गर्नलाई इच्छुक उम्मेदवारहरु बीच पार्टीमा आन्तरिक चुनाव हुने नेता कोइरालाले बताए । उनी बताउँछन् “अब नगरका जनप्रतिनिधीको उम्मेदवारी छनोट केन्द्र र अमुक नेताहरुले हैन आम कार्यकर्ताले गर्ने हो त्यसैले अब जो पार्टी र जनतापटी उत्तरदायी छ टिकट उसैले पाउछ । अमुक नेताको घर धाएर टिकट पाइदैन ।”

नेता कोइरालाले कार्यकर्ताहरुलाई पाँच दलको गठबन्दनसँग नडराउन र नअतालिन आग्रह गरेका छन् । उनी बताउँछन् “गठबन्धन लोकतान्त्रिक अभ्यासको बिरुद्ध छ । लोकतान्त्रमा एक्ला एक्लै चुनावी प्रतिस्पर्दा हुन्छ यदी काँग्रेस लोकतान्त्रिक पार्टी हो भने चुनावमा एक्लै आओस्।”

नेता कोइरालाले हाल युक्रेनमा भइरहेको रुसी हमला आमनागरिक मार्ने अमानवीय कार्य भएको बताएका छन् भने पार्टीले एमसीसीको बारेमा स्पाष्ट धारण बनाइसकेको बताएका छन् ।

कार्यक्रमको अध्यक्षता वडा नं. ६ का पार्टी अध्यक्ष प्रितम काफ्लेले गरेका थिए भने प्रमुख अतिथि पार्टीका केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्ज रबीन कोइरालाले गरेका थिए । मेचीनगरकी उप–प्रमुख मिना पोखरेल उप्रेती बिषेश अतिथी रहेको उक्त कार्यक्रममा अतिथिको रुपमा प्रदेश सभा सदस्य गोपाल बुडाथोकी, पार्टी जिल्ला कमिटी सदस्य डिल्लिराम घिमिरे, देव कुमार राई, रमा भण्डारी, कल्पना सिटौला र नगर अध्यक्ष राजु पोखरेल आदीको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन पार्टी वडा सचिव राजु पौडेलले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु