चौतारीको पत्रकार उपचार कोषको संयोजकमा सन्तोष आचार्य

2022-02-27 मा प्रकाशित

झापा, १५ फागुन । प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषको संयोजकमा सन्तोष आचार्य चयन भएका छन् ।

शनिबार प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख अतिथ्यतामा जिल्लाको सचिवालय, केन्द्रीय सदस्य, प्रदेश कमिटि र पूर्व अध्यक्षसहित बसेको बैठकले आचार्यलाई संयोजकमा चयन गरेको हो ।

वैठकले संयोजकमा आचार्य, सदस्यहरुमा पूर्व अध्यक्ष गोपाल काफ्ले र टिकाराम उप्रेती, जिल्ला अध्यक्ष मनकुमार गदाल र सदस्य सचिवमा प्रकाश पौडेललाई चयन गरेको छ । यसअघि उपचार कोषको संयोजकमा धमेन्द्र मामा र गोपाल काफ्ले रहेका थिए । झापाका पत्रकारहरु विरामी पर्दा कोषको रकमबाट उपचार गरिदै आएको छ । हाल उपचार कोषमा ३ लाख रुपैयाँ छ । यसलाई १५ लाख पुर्याउने लक्ष्य रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु