गुँरासलाईफ इन्स्योरेन्सले दियो शैक्षिक सुविधा बापतको रकम

2022-02-28 मा प्रकाशित

गौरादह । गुँरासलाईफ इन्स्योरेन्स कम्पनीले शैक्षिक सुविधा बापतको रकम हस्तान्तरण गरेको छ ।
२०७७ असारमा गौरादह –४ का दयाराम दासले आफनो छोरी तृष्ण दासको गुराँसलाईफ इन्स्योरेन्स कम्पनीमा २ लाख बरावरको नौलो बाल सुरक्षा जीवन बीमा गराएका थिए ।

बीमा गराएको दुई महिना बित्न नपाउँदै बीमितको संरक्षक बुबा दयाराम दासको मृत्यु भएपछि कम्पनीले बीमित तृष्णको शैक्षिक सुविधा बापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले उनी सावालक नहुन्जेल सम्म उक्त सुविधा उपलब्ध गराउने जनाएको छ ।
कम्पनीको गौरादह शाखा प्रमुख शान्ता पौडेलको सभापतित्व रहेको कार्यक्रममा ॐसहकारी संस्था दमकका प्रवन्धक हेमकुमारी दङ्गाल र नमूना कृषि सहकारी संस्थाका सञ्चालक आनन्द सुब्बाले संयुक्त रुपमा उक्त चेक हस्तान्तरण गरेका थिए । सुब्बा गौरादहका बीमा अभिकर्ता समेत हुन् ।
कार्यक्रममा एजेन्सी म्यानेजरहरु हेमकुमारी दङ्गाल, भक्ति तामाङ, विनिता कटुवाल, लक्ष्मी काफ्ले, धनमाया ताजपुरीया मीना गुरुङ, राधाकुमारी शाहा लगायकतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु