मेचीनगर, १८ फागुन । पूर्वीद्वार वचत तथा ऋण सहकारी संस्थाले मेचीनगरमा बाल क्लब गठन गरेको छ ।
मंगलबार संस्थाको प्रधान कार्यालय धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर बाल क्लब मेचीनगर गठन गरेको हो ।
बाल क्लब मेचीनगरको अध्यक्षमा आश्रय अधिकारी सर्वसम्मत चयन भएका छन् । अधिकारी खुट्टीडाँगी सेवा केन्द्र अन्तरगत बाल क्लबका अध्यक्ष समेत हुन् ।
अध्यक्ष अधिकारीको नेतृत्वमा ११ सदस्य नयाँ कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रशान्त गुरगाई र सचिवमा प्रज्ञा ढुंगेल चयन भएका छन् । गुरगाई भुकृटीका अध्यक्ष र ढुंगेल काँकरभिट्टा सेवा केन्द्रको बाल क्लबकी सचिव हुन् ।
त्यस्तै सदस्यहरुमा निशा दुलाल, लक्ष्मी अधिकारी, अञ्जली बुढाथोकी, सुस्मिता थापा, पुकार खतिवडा, पुर्णिमा धिताल, श्रृष्टी कार्की र निरज खड्का छन् ।
निशा भुकृटीकी सचिव, लक्ष्मी खुट्टीडाँगीकी सचिव, अञ्जली काँकरभिट्टाकी अध्यक्ष, सुस्मिता प्रधान कार्यालय धुलाबारी बाल क्लबकी अध्यक्ष, पुकार धाइजनका अध्यक्ष, पूर्णिमा ज्यामिरगढीकी अध्यक्ष, श्रृष्टी ईटाभट्टाकी अध्यक्ष र निरज गोमनसरी सेवा केन्द्रको बाल क्लबका अध्यक्ष हुन् ।
यसअघि संस्थाको प्रधान कार्यालयसहित ८ वटै सेवा केन्द्रमा बाल क्लब गठन भएको थियो । सेवा केन्द्रहरुमा भएको बाल क्लबहरुको संयुक्त भेलाले नै मेचीनगर बाल क्लब गठन गरिएको संस्थाका अध्यक्ष विपी भट्टराईले जानकारी दिए ।
अध्यक्ष भट्टराईले बालबालिकालाई बाल वचत गर्न सिकाउने, सहकारी सम्बन्धी पुस्तक अध्ययन गराउने, हाजिरी जवाफ, विभिन्न खेलकुद गतिविधिका विषयमा प्रतियोगिता गराउने लगायतका बाल कार्यक्रमहरु गर्ने उद्देश्यले बाल क्लब गठन गरिएको बताए ।
भेलामा संस्थाका सञ्चालक समिति सदस्य एवम् पूर्व अध्यक्ष चेतराज विष्ट, सचिव जीतबहादुर खड्का, सेवा केन्द्रका संयोजकहरु, कार्यालयका प्रमुखहरु, कर्मचारी, बाल क्लबका सदस्य तथा पदाधिकारीहरुको सभागीता रहेको थियो ।
भेलामा संस्थाकी सञ्चालक सदस्य एवम् महिला तथा बालबालिका उपसमिति संयोजक कुश्मीकुमारी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मणिराम खतिवडा र सञ्चालन व्यवस्थापक प्रलाद खड्काले गरेका थिए ।
प्रतिकृया दिनुहोस्