एमाले क्षेत्रको अभियान ‘मेरो वडा म जिताउँछु’

2022-03-04 मा प्रकाशित

मेचीनगर, २० फागुन । नेकपा एमाले क्षेत्र नं। १ ले आउँदो स्थानीय तहको चुनावमा सबै क्षेत्रमा ‘मेरो वडा म जिताउँछु’ अभियान सुरु गरेको छ ।
नेकपा एमाले क्षेत्रीय कमिटिको बैठकले सो अभियान सुरु गरेको हो । जिल्ला कमिटिबाट प्राप्त सर्कुलर अनुसार अभियान सुरु गरिएको एमाले क्षेत्रीय सहसंयोजक टीका मंग्रातीले बताए ।

स्थानिय तहको चुनावलाई लक्षित गरी ‘मेरो वडा म जिताउँछु’ अभियान सञ्चालन गरिएको मंग्रातीले बताए । अभियान सञ्चालनका लागि जिल्ला कमिटि सदस्यहरुलाई सहजकर्ताको जिम्मेवारी प्रदान गरिएको छ ।

संघीय निर्वाचन क्षेत्र नम्वर १ अन्र्तगत रहेका मेचीनगर, भद्रपर–९ र १० तथा बुद्धशान्ति–१, २, ३ र ४ मा जिल्ला सदस्यहरुलाई सहजकर्ताको जिम्मेवारी प्रदान गरिएको एमाले क्षेत्रीय कमिटि संयोजक डिल्लीराम घिमिरेले बताए ।

बैठकले मेचीनगर–१ मा डिल्लीराम घिमिरे÷चन्द्र प्रसाई, मेचीनगर–२ मा टिकाराम मंग्राती, मेचीनगर–३ मा रमा भण्डारी, मेचीनगर–४ मा निर्मला गौतम, मेचीनगर–५ मा भूपाल शिवाकोटी, मेचीनगर–६ मा देवकुमार राई, कल्पना ओली र भूपाल ओली, मेचीनगर–७ मा भरत राई र प्रल्हादमणि ओली, मेचीनगर–८ मा टिकाराम मंग्राती र सुवास मिजार, मेचीनगर–९ मा रेणुका डाँगी उप्रेती, पुष्पा भण्डारी र संगीता थापा, मेचीनगर–१० मा कृष्ण कनाल र मोहन काजी, मेचीनगर–११ मा राजु पोखरेल र अञ्जु बर्देवा, मेचीनगर–१२ मा यामनाथ बराल, मेचीनगर–१३ मा निर्मला परियार ९निरु० र पर्शुराम राजवंशी, मेचीनगर–१४ मा बिन्दा प्रसाई, मेचीनगर–१५ मा हरि ढुंगाना र सुदय राजवंशीलाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यसैगरी, भद्रपर–९ मा पुरुषोत्तम अधिकारी र बम्हलाल ढुंगाना, भद्रपुर–१० मा मीना घिमिरे पराजुली, लक्ष्मी गुरागाई र बुद्धशान्ति १, २, ३, ४ साविक शान्तिनगरमा दीपक गौतम रहेका छन् ।

अभियान अन्र्तगत जिम्मेवारी तोकिएका सहजकर्ताले क्षेत्रीय कमिटि, नगर कमिटि, वडा कमिटि वडा इन्चार्जको सहभागितामा कार्यक्रमहरुको तर्जुमा गर्नुपर्न क्षेत्रीय सहसंयोजक मंग्रातीले बताए ।

अभियानका क्रममा सहजकर्ताहरुले निर्वाचन परिचालन अभियान, सचिवालय नगर कमिटि तथा वडा इन्चार्जको संयोजकत्वमा वडा सहइन्चार्ज, वडा पदाधिकारी र कार्यालय सचिव तोक्ने तथा गठन गर्ने, बिभिन्न जनसंगठन निर्माण गर्ने, मत सर्वेक्षण तथा मत सुरक्षित गर्ने लगायतका विभिन्न कार्यक्रमलाई तीब्रता दिने भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु