युवकको मृत्युपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त

2022-03-05 मा प्रकाशित

सुर्खेत,२१ फागुन । कालिकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपले प्रदेश राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको हो ।

आक्रोशित प्रदर्शनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय कृष्ण हमाल ९मिनी० को शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो ।

हमालको मृत्यु प्रहरीको निर्घात कुटाइबाट भएको भन्दै स्थानीयले प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेपछि वीरेन्द्रनगरको यरीचोक तनावग्रस्त बनेको छ ।

परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घाट कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । आन्दोलन हिंसात्मक बन्ने खतराले बजारका चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।बाँकेको नेपालगञ्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा हमाल, ट्रक चालक र सहचालकलाई सुब्बा कुना प्रहरी पोष्टले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्
अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु