कनकाई उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणसभा सम्पन्न

2022-03-05 मा प्रकाशित

सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघ झापाको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

अध्यक्ष त्रिलोचन चिमरियाको सभापतित्व र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क च्याम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि झापा क्षेत्र नं। ४ का संघीय सांसद एलपी साँवा, प्रदेश नं। १ का पूर्वमन्त्री हीराकुमार थापा, कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, आन्तरिक राजश्व कार्यालय मेचीका प्रमुख कर अधिकृत शुभ रिजाल, राजनीतिकर्मी देउमान थेबे, सुरुङ्गा जेसीज २०२२ का कार्यकारिणी उपाध्यक्ष मेनुका उप्रेती, सुरुङ्गा खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी, नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाई, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा एसईई २०७७ मा उत्कृष्ट हुने जनता मावि शरणामतीका विद्यार्थी पायल गणेश, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका विद्यार्थी भावना अधिकारी, प्यारागन एकाडेमी सुरुङ्गाका निरज बस्नेत र टाइनिटर स्कूल झापा गाउँपालिकाका आकाश कण्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघ १ नं। प्रदेश समितिका सदस्य कुमार भट्टराई लगायतको आतिथ्य रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेतीले स्वागत मन्तव्य राखेका थिए । कोषाध्यक्ष भरत अधिकारीद्वारा प्रस्तुत आिर्थक प्रतिवेदन, महासचिव तुलसी बिमलीद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन र अध्यक्ष चिमरियाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन साधारणसभाले सुझावसहित पारित गरेको थियो ।

साधारण सभासँगै तेस्रो अधिवेशन समेत रहेकाले बन्द सत्रले प्रेमप्रसाद चुडाल संयोजक, लीलाप्रसाद भेटवाल र त्रिलोचन उप्रेती सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति सर्वसम्मत चयन गरिएको छ । उक्त समितिले निर्वाचनसम्बन्धी कार्यक्रम फागुन २३ गतेदेखि अघि बढाउने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु