प्रेस चौतारी प्रदेश १ को अध्यक्षमा अविजाल विष्ट

2022-03-06 मा प्रकाशित

झापा, २२फागुन । प्रेस चौतारी नेपाल प्रदेश १ कमिटिको शनिबार बिर्तामोडमा सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनले मोरङका अविजाल विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको उपाध्यक्षद्वयमा सुमन पुरी ९सुनसरी० र शुष्मा श्रेष्ठ ९इलाम० तथा महासचिवमा झापाका गोपाल झापाली चयन भएका छन् ।

यस्तै, खुल्ला सचिवमा उदयपुरका गणेश उप्रेती, समावेशी सचिव ओखलढुंगाका रविन श्रेष्ठ र कोषाध्यक्षमा झापाका युवराज विवश सर्वसम्मत चयन भए ।

प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का इन्चार्ज लीलाराज भट्टराईको अध्यक्षतामा गठित अध्यक्ष मण्डलले सबै आकांक्षीहरुको नाम संकलन गरी जिल्ला अनुसारको अनुपातमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

जस अन्तरगत प्रदेश कमिटिको सदस्यमा झापाबाट अर्जुन कार्की, रमेश तिवारी, उमानाथ भण्डारी, विशाल नेम्बाङ, मायामितु न्यौपाने, राम निरौला, रोहित काफ्ले, राजकुमार ओली, विष्णुमाया मैनाली, संगीता उप्रेती, राजु पोखरेल र शिशिर चौंलागाईं चयन भएका छन् ।

यस्तै तेह्रथुमबाट जितलाल लिम्बू र गंगा लिम्बू प्रदेश कमिटीमा सदस्य बनेका छन् भने ओखलढुंगाबाट निश्चल राजभण्डारी र स्वर्णिमा सुनुवारलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश कमिटीका सदस्यहरुमा खोटाङबाट लोकमणि रिजाल र पदम भूजेल, संखुवासभाबाट दिव्य राई र समीक्षा मगर, पाँचथरबाट सागर खनाल, रमेश थापा र दिलकुमारी तामाङ चयन भए ।

यसैगरी भोजपुरबाट श्रीकृष्ण बोगटी, मेनुका लुईंटेल र गणेश विष्ट, धनकुटाबाट बलराम दाहाल, नारायणकुमार आठपहरिया र कल्पना थापा, ताप्लेजुङबाट केशवप्रसाद भट्टराई, रविना राई र केशव आचार्य सर्वसम्मत रुपमा प्रदेश कमिटी सदस्य चयन भएका छन् ।

प्रदेश कमिटीमा सोलुखुम्बुबाट डिल्ली शर्मा, पशी शेर्पा र प्रदीप राई चयन भएका छन् भने उदयपुरबाट सुजता ढुंगाना, टेकराज निखाम र भूपेन्द्र पौडेलले जिम्मेवारी पाएका छन् । यस्तै इलामबाट बिमल दाहाल, दिवाकर भण्डारी, विष्णु गड्तौला, सन्तोष नेम्बाङ र गणेश अर्याल, मोरङबाट रन्जना अधिकारी, नवराज भट्टराई, सन्तोष गौतम, ज्योति चौहान, दिनेश सुब्बा, सुमन सुस्केरा, विजय धिमाल, तेजेन्द्र भण्डारी, किशोर विक र सन्तोष सिग्देल सर्वसम्मतरुपमा सदस्य चयन भएका छन् ।

यस्तै सुनसरीबाट लुकमान अन्सारी, प्रदीप चौधरी, महेश गुरागाईं, नवराज विष्ट, सरिता भण्डारी, हिमाल दाहाल, धिरेन लिम्बू, योगेशबाबु काफ्ले, दामोदर गुरागाईं, शिशिर राई, रणध्वज लोहार, रोहित राई, लक्ष्मी पराजुली र चन्दन रौनियार प्रदेश कमिटिको सदस्य चयन भएका छन् ।

सो अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु